आज सेयर बजारमा ८.११ अंककाे गिरावट

समाचार शेयर गर्नुहोस्

काठमाडाैं, १० साउन

सेयर बजारकाे गिरावट बुधबार पनि जारी छ। यस दिन नेप्से सुचक ८.११ अंकले घटेर २१५६.२० अंकमा आएको छ ।

आज (बुधबार) फाइनान्स, म्युचल फन्ड र अन्यबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै जाल्पा लघुवित्त र युनिलिभर नेपालको शेयर साढे छ प्रतिशतले घटेको छ । बजार घटेकाे दिन किसान लघुवित्तको शेयर १० प्रतिशतले र ग्रीन विकास बैंकको शेयर साढे छ प्रतिशतले बढेको छ ।

आजकाे दिन बजारसँगै कारोबार रकम पनि घटेको छ । ७३ लाख ९९ हजार कित्ता शेयर दुई अर्ब ४३ कराेड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै ग्लोबल आईएमईको प्रमोटर शेयर १५ करोड १२ लाख रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको