काठमाडाैं,११ साउन
नेपाली बजारमा (बिहिबार) सुनकाे मुल्य ८०० रूपैँयाले बढेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ९५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य ताेलामा २५ रूपैँयाले बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर एक हजार ४९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।