सेयर बजारमा ५.८४ अंककाे वृद्धि

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१५ साउन

सोमबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । यसअघिका लगातार ५ कारोबार दिनसम्म झरेको बजार सोमबार भने ५.८४ अंक बढेको हो । सो अंकको वृद्धिपछि परिसूचक नेप्से २१०६ अंकमा कायम भएको छ ।

नेप्से बढे पनि कारोबार रकम भने घटेर दुई अर्ब रुपैयाँभन्दा तल झरेको छ । आज दुई सय ६२ वटा कम्पनीका ५५ लाख ३१ हजार कित्ता शेयर एक अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड आठ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सनराइज ब्लुचिप फन्डकाे शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढेको दिन आज विन नेपाल लघुवित्त र ग्लोबल आईएमई बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको