काठमाडाैं,१६ साउन
भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको भाउ बढाएर नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको छ।
यस्तै, मट्टीतेल लिटरमा सात रुपैयाँ ५० पैसा र हवाई इन्धन आठ रुपैयाँ ५० पैसाले बढेर आएको निगमले जनाएको छ ।
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएको छ ।