आज शेयर बजार ३८.३७ अंकले घट्यो

समाचार शेयर गर्नुहोस्

काठमाडौँ ,२१ साउन

हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ विन्दुमा झरेको छ ।

सेन्सेटिभ इण्डेक्स ७.५२ अंकले घटेर ३९२.०२ विन्दुमा पुगेको छ । आज २६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता सेयर २ अर्ब ६८ करोड  ७१ लाख ४८ हजार २३४ रुपैयाँमा खरिदबिक्री भयो।

यसदिन ६१ हजार ९१७ पटक सेयर कारोबार भयो। कारोबारमा आएका दुई कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढ्यो।आईएमई लाइफ इन्स्योरेन्सको ९.९९ र नेपाल रिपब्लिक मिडियाको ९.९८ प्रतिशतले सेयर मूल्य बढ्यो।

प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य भने ९.५९ प्रतिशतले ओरालो लाग्यो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक भने नकारात्मक देखिएका छन्। फाइनान्स र होटल्स एन्ड टुरिम उपसमूहको सूचक  ३ प्रतिशत बढिले घट्यो।

आज १९७ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको