सेयर बजारमा ३.२१ अंकको गिरावट

समाचार शेयर गर्नुहोस्

काठमाडौँ,२२ साउन

सोमबार पनि सेयर बजारमा गिरावट आएको छ। आइतबार ३८ अंकले घटेको नेप्से सूचक आज ३.२१ अंकले घटेर दुई हजार ४८.२८ विन्दुमा कायम भएको छ।

यस दिन दुई सय ६७ कम्पनीका ६६ लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३३ करोड ३५ लाख बराबरको कारोबार भएको छ।

आज अन्य, जलविद्युत्, लगानी र बैंकिङ समूहको शेयर घटेको छ भने अरू समूहको शेयर बढेको छ। सबैभन्दा धेरै छ्याङ्दी हाइड्रोपावरको शेयर साढे छ प्रतिशतले घटेको छ।

समग्रमा बजार घटे पनि नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशत र गुराँस फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *