शेयर बजारमा ५.१३ अङ्कको वृद्धि

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२५ साउन

हप्ताको अन्तिम कारोबार दिन (बिहीबार) शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार ५.१३ अङ्कले बढेर २०६६.०५ विन्दुमा पुगेको छ ।

आज होटल, जलविद्युत्, लगानी, उत्पादन, म्युचल फन्ड, बीमा, अन्य र व्यापार समूहको शेयर बढेको छ । सबैभन्दा धेरै एसियन लघुवित्तको शेयर नौ प्रतिशत र सिंगटी हाइड्रोको शेयर साढे ७ प्रतिशतले बढेको छ।

आज सबैभन्दा धेरै हिमालयन लघुवित्तको शेयर साढे छ प्रतिशत र सुपर मादी हाइड्रो पावर कम्पनीको शेयर मूल्य झन्डै छ प्रतिशतले ओरालो लागेको छ ।

आज दुई सय ६९ वटा कम्पनीका ५५ लाख तीन हजार कित्ता शेयर किनबेच भएका छन् । ५७ हजार सात सय पटक भएका कारोबारबाट दुई अर्ब १५ करोड ६५ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

सबैभन्दा धेरै सोल्टी होटलको १६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको