काठमाडौँ,२९ साउन
आज नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासङ्घले आज चाँदीको कारोबार प्रतितोला १३ सय ७५ रुपैयाँमा भइरहेको जनाएको छ । जुन, हिजो आइतबारकै कारोबार मूल्य हो ।