Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले आगामी जेठमा पहिलो महाधिवेशन गर्ने

समाचार शेयर गर्नुहोस्

नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले आगामी जेठमा पहिलो महाधिवेशन गर्ने भएको छ । महासंघको केन्द्रीय समितिको बैठकले जेठ २६ देखि २८ सम्म काठमाडौंमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनका लागि ‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेश’ नारा तय गरिएको छ । महासंघको बैठकले महाधिवेशनका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि गरेको छ ।

महासंघले वडा अधिवेशन पुस २१ गते, पालिका अधिवेशन माघ ६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन माघ २१ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन फागुन ५ गते, जिल्ला अधिवेशन फागुन १९ गते र प्रदेश अधिवेशन २०८० चैत १७ र १८ गते गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

ओमबहादुर घर्तिमगरको नेतृत्वमा रहेको महासंघको तदर्थ समितिमा सदस्यहरु थपिए पनि पूर्णता भने पाउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको