Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

गुल्मिमा सुन्तला उत्पादन कम भए

समाचार शेयर गर्नुहोस्

कृषि ज्ञानकेन्द्र गुल्मीले गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन कम भएको प्रक्षेपण गरेको छ ।

गत वर्षभन्दा ११.८७ प्रतिशतले सुन्तला उत्पादन घटेको प्रक्षेपण गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।

गत वर्ष ५८८ हेक्टर उत्पादनशील क्षेत्रफलमा ६,८३८ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यो वर्ष ६२३ हेक्टर क्षेत्रमा ६,५७२.४ मेट्रिक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको भण्डारीले बताए ।

भण्डारीका अनुसार गत वर्ष १३ करोड २१ लाख मूल्य बराबरको सुन्तला निर्यात भएकोमा यस वर्ष १२ करोड ८४ लाखको मात्र निर्यात हुने अनुमान गरिएको छ ।

गत वर्ष बढी उत्पादन भएका कारण कारण यो वर्ष कम उत्पादन देखिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

यस वर्ष फले सुन्तलाका आकार साना छन् । फल पनि पातलो छ । त्यसैले उत्पादन घटेको कृषि ज्ञान केन्द्रको भनाइ छ । जिल्लाबाट उत्पादित सुन्तला बुटवल, पोखरा, काठमाडौं लगायतका ठाउँमा बिक्री हुने गरेको छ ।

परम्परागत विधिबाट खेती

जिल्लाका प्रायजसो सबै पालिकाहरुमा सुन्तला खेती गरिएता पनि सुन्तला उत्पादनका लागि धुर्कोट गाउँपालिकाका नयागाउँ, पिपलधारा, हाडहाडे, रजस्थल, वस्तु, छत्रकोट गाउँपालिकाका लुम्छा, काउले, श्रृङ्गा, रुक्से, हुँगा, पल्लिकोट र रेसुङ्गा नगरपालिकाका भाडगाउँ, बालकाटे, भुवनपानी, गुरुङगाउँ, अर्खले सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छन् ।

त्यस्तै रुरुक्षेत्र गाउँपालिकाका मुसिडाँडा र चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङकोट, गुल्मी दरवार गाउँपालिकाका गौडाकोट, भट्टेचौर, जुभुङ, कालीगण्डकी गाउँपालिकाका अर्बेनीको देउराली, लम्सराङ, छापचौर र जयखानी, चन्द्रकोट गाउँपालिकाका रेमी र हरेवा र मदाने गाउँपालिकाको भनभने सुन्तला उत्पादन हुने पकेट क्षेत्र हुन् ।

ती क्षेत्रमा धेरैजसो परम्परागत विधिबाट सुन्तला खेती हुँदै आएको छ । ९५ प्रतिशतभन्दा बढी सुन्तला बगैचा बिजुबोटकै छन् । जसको कारण फेद कुहिने, जरा कुहिने रोग लगायतका रोगको बढी समस्या देखिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख भण्डारीले बताए ।

अधिकांश बगैचामा मलखाद र सुक्ष्म तत्वको अभावका कारण पात पहेँलिने, छिर्केमिर्कै हुने, हाँगा सुक्ने, बोट टुप्पाबाट सुक्दै जाने, फल झर्ने, रसिलो फल नलाग्ने, फल सानो हुने, फलका बोक्रा बाक्लो हुने जस्ता समस्या देखिएका छन् ।

गुल्मी जिल्लामा गत आर्थिक वर्ष २०७९/८० मा कृषकहरुको स्वलगानी, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तह, केही गैह्रसरकारी संस्था मार्फत १ सय ३० हेक्टर जग्गामा सुन्तला रोपिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको