Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

नेपालकी मेनुका पौडेल लगातार दोस्रोपटक भारतीय टेलिभिजन रियालिटी शो

समाचार शेयर गर्नुहोस्

नेपालकी मेनुका पौडेल लगातार दोस्रोपटक भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’मा ‘पर्फमर अफ द वीक’ घोषित भएकी छन् ।

पछिल्लो सप्ताहन्तको एपिसोडमा उनले हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’मा समावेश मोहम्मद रफीको गीत ‘सिरिडी वाले साइबाबा’ गीत गाएकी थिइन् । पछिल्लो एपिसोडमा सबै प्रतिस्पर्धीले भजन गाएका थिए ।

मेनुकाले आफैंले हार्मोनियम बजाएर गीत गाइन् । नयाँ पुस्तालाई भजनजस्तो शास्त्रीय संगीतसँग जोड्न यो एपिसोड समर्पित गरिएको जज तथा गायिका श्रेया घोषालले बताएकी छन् ।

मेनुकाको यो प्रस्तुतिमा यसअघिजस्तै जज र अतिथिले स्ट्यान्डिङ ओभेसन दिएका थिए । जज कुमार सानुले मोहम्मद रफीको गीतलाई आफ्नो पहिचान बनाएको भन्दै मेनुकाको प्रशंसा गरे । श्रेयाले चाहिं मेनुकाको उक्त प्रस्तुति हिटभन्दा माथिल्लो स्तरको रहेको बताइन् ।

उक्त प्रस्तुतिपछि मेनुकालाई उपस्थित अतिथिले सम्मान समेत गरेका थिए । मेनुका अहिले इण्डियन आइडलको अन्तिम १४ मा प्रतिस्पर्धा गरिरहेकी छन् । उनले गत साता भारतीय फिल्म ‘सलार’को लागि पनि गीत गाउने मौका पाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको