Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

 मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ

समाचार शेयर गर्नुहोस्

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा जारी बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार अबदेखि मन्त्रिपरिषदको बैठक नयाँ हलमा नै बस्ने छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष पनि सिंहदरबारमा पश्चिमतर्फको (रेट्रो फिटिङ भएको) भागमा सारिएको थियो ।

२०७२ को भूकम्पले क्षति पुगेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रबलीकरण शहरी विकास मन्त्रालयले गरेको थियो । २ वर्षभित्र सक्ने गरी लगाइएको पुनर्निर्माणको ठेक्का करिब साढे ४ वर्षपछि सकिएसँगै प्रधानमन्त्री प्रचण्डले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थालेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्रका स्टेट हल र बेलायती कक्ष तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले निर्माण र प्रयोग गरेका कक्ष हुन् । यी कक्षहरु विगतमा २०७२ अघिका प्रधानमन्त्रीहरुले पनि प्रयोग गरेका थिए ।

पश्चिम मोहोडाका यी विशिष्ट पाहुनाहरुसँगको बैठक गर्ने विशिष्ट र ऐतिहासिक कक्षहरु तयार भएसँगै सिंहदरबारको मूल भवनको पुनर्निर्माणको काम लगभग सकिएको छ ।

अब प्रधानमन्त्रीको कार्यकक्षसँगै पुरानै स्वरुपमा पुनर्निर्माण भएका स्टेट हल र बेलायती कक्ष पनि प्रयोगमा ल्याउने तयारी छ ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनर्निर्माण गरिएको सिंहदरबारको भागको संयुक्त रुपमा अवलोकन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको