Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

नेपालले जापानलाइ हरायाे

समाचार शेयर गर्नुहोस्

हङकङमा जारी चारदेशिय महिला टी-२० सिरिजमा नेपाल तेस्रो भएको छ । आइतबार भएको खेलमा जापानलाई ४५ रनले हराएर नेपाल तेस्रो भएको हो ।

लिग चरणमा तेस्रोमा रहेको नेपाल र चौथोमा रहेको जापानबीच तेस्रो स्थानको लागि खेल भएको थियो ।

जहाँ नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर ११५ रन बनाएको थियो । जवाफमा ११६ रनको लक्ष्य पछ्याएको जापानले २० ओभरमा ६ विकेट गुमाए र ७० रन मात्र बनाउन सक्यो ।

जापानका लागि ओपनर अकारी निशिमुराले सर्वाधिक २९, हिनासे गोतोले १६ र अहिल्या चन्डेलले ११ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि संगिता राई, इन्दु बर्मा, सीता राना मगर, खुशी डंगोल र सोनी पार्खिनले १-१ विकेट लिए ।

किइट्टी बलिङ गरेकी पुजा महतोले ३ ओभरमा १ मेडन राख्दै ३ रन मात्र खर्चिइन् भने विकेट लिन सकिनन् ।

त्यसअघि नेपालले पुजा महतोकै उत्कृष्ट ब्याटिङमा ११५ रन बनाएको थियो । ओपनर पुजाले ५१ बल खेल्दै ३ चौका मद्तमा सर्वाधिक ४३ रन बनाइन् । यस्तै रोमा थापाले २२, रुबिना क्षेत्रीले २१ र कप्तान इन्दु बर्माले १२ रन बनाइन् । सीता राना मगर ५ रनमा बउट भइन् ।

जापानकी अहिल्या चन्डेल, एरिका तोगुची क्विन र आयुजमी फुजिकावाले १-१ विकेट लिए ।

चार देश सहभागि सिरिजमा उपाधि जित्ने लक्ष्य बनाएपनि तान्जानिया र हङकङसँग सुरुवाती दुई खेलमा पराजित भएपछि नेपाल उपधि होडबाट बाहिरिएको थियो ।

लिग चरणमा नेपालले जापानलाई मात्र पराजित गरेको थियो भने जापानले सबै तीन खेल हारेको थियो । लिगमा तेस्रो भएको नेपाल र चौथो भएको जापानबीच तेस्रो स्थानको लागि प्लेअफ खेल खेलाइएको हो ।

शीर्ष स्थानको हङकङ र तान्जियाबीच आजै उपाधिका लागि खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको