Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

राजु मास्टरको सिरियल ‘सकस’ हप्तैपिच्छे ट्रेन्डिङमा

समाचार शेयर गर्नुहोस्

युट्युबको नेपाल ट्रेन्डिङमा पछिल्लो साता सिरिज र म्युजिक भिडियोकै दबदबा देखिएको छ । राजु मास्टरको सिरियल ‘सकस’ हप्तैपिच्छे ट्रेन्डिङमा देखिन्छ । आइतबार रिलिज भएको ‘सकस’को नयाँ भाग ट्रेन्डिङको तेस्रो स्थानमा छ ।

यो सिरियलका अघिल्ला भाग पनि रिलिज भएलगत्तै ट्रेन्डिङको शीर्षस्थानमा आउँथे । ट्रेन्डिङको यो प्रवृत्तिले अर्गानिक कथावस्तुका सिरियलप्रति दर्शकको अभिरुचि देखिन्छ ।

रियल-टाइम ट्रेन्डिङमा ‘सकस’ तेस्रो स्थानमा हुँदा शीर्षस्थानमा गेमिङ भिडियो अज्जुभाई फेस रिभिल छ । ट्रेन्डिङ आठमा खेम सेन्चुरीको गीत ‘तिम्रो त यो दुनियाँ छ,’ स्ट्रिमिङ भइरहेको छ ।

ट्रेन्डिङको नवौं स्थानमा प्रकाश सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ छ । सोमबार प्रिमियर भएको यो गीतलाई २० घण्टामा ५ लाख १२ हजार पटक हेरिएको छ । सपुतकै संगीत रहेको गीतमा उनी र कुसुम शर्मा फिचर्ड छन् ।

संगीत विधातर्फको शीर्षस्थानमा चाहिं सुशान्त केसीको ‘झ्यालबाट’ छ, जसलाई तीन सातामा ४८ लाख पटक हेरिएको छ । दोस्रो स्थानमा बलिउड फिल्म ‘एनिमल’को ‘पेहेली भी में’ स्ट्रिमिङ छ । संगीतको मुख्य विधातर्फ चाहिं भारतीय गीतको दबदबा देखिएको छ ।

मुभिज विधातर्फ भारतीय फिल्म ‘सलार’को ट्रेलर नै शीर्षस्थानमा छ । दोस्रोमा ‘हुनमान’को हिन्दी ट्रेलर, तेस्रोमा पूजा शर्मा स्टारर ‘दान्वी’को ट्रेलर समावेश छन् । पछिल्लो समय सर्ट पनि युट्युबमा ट्रेन्डिङको रुपमा रहेका छन् । ट्रेन्डिङले युट्युब प्रयोगकर्ताको रुचिबारे दर्शाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको