संविधानले छुवाछुत र भेदभावकाे अन्त्य गर्ने व्यवस्था नगरेकाे दाबी गरे: सांसद गाैतम

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

 राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन नसक्ने बताएका छन्।

उनले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भन्ने गरिएको, तर दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुनै नसक्ने आइतबार राष्ट्रिय सभाको बैठकमा उल्लेख गरे।

नेपालको संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था नगरेको दाबी गरेका छन्। उनले संविधानमा दलित समुदायको हक र अधिकार भन्नु नै दलितको र उत्पीडन रही रहन्छ भन्ने  सांसद गाैतमले बताए।दलित भनेर छुवाछुत गर्ने कुरालाई जघन्य अपराध मानेर जन्मकैदको फैसलाको व्यवस्था संविधानमा गर्नुपर्ने जिकिर गर्दै उनले छुवाछुत र भेदभावलाई जघन्य अपराध घोषणा गर्न माग गरे।

उनले संविधानको भाषा उत्पीडितलाई रही रहोस् भन्ने नभए पनि भावना दलित र उत्पीडित व्यवस्था भइरहनुपर्छ भन्ने किसिमको रहेको दाबी गरे।

ताजा समाचार
सर्वाधिक रुचाईएको