पत्रकारलाई अपहरण गरी बन्दी बनाइ कुटे रास्वपाका जिल्ला संयाेजकले

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,९ साउन

बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेका छन्।

बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै सोमबार खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेको पत्रकार मण्डेलको दाबी छ । खड्का उक्त हाेटेलका  सञ्चालक समेत हुन्।

खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखाले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेको छ।

पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष शैलेन्द्र रोकायाले एक विज्ञप्ति नै जारी घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *