माेटरसाइकल दुर्घटनामा एक अनुसन्धान निरीक्षककाे मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१० साउन

सर्लाहीको ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी एक अनुसन्धान निर्देशकको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा इश्वरपुर नगरपालिका ६ बयलवास घर भएका राष्ट्रिय अनुसन्धानका अनुसन्धान निरीक्षक २९ वर्षीय बसन्त शाहकाे ज्यान गएकाे प्रहरीले जानकारी दिए।

अनुसन्धान निरीक्षक शाह हिजाे (मङ्गलबार) कार्यालयकाे काम सकेर घर आउँदै गर्दा दुर्घटनामा परेका हुन्। उनकाे शव आज बिहान भेटिएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार दुर्घट्नाबारे अनुसन्धान भइरहेकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको