काठमाडाैं,११ साउन
मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ।
आज (बिहिबार) बिहान बसेकाे राष्ट्रियसभाकाे बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गरेको हो ।
अब राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनका रूपमा कार्यान्वयनमा आउने छ। राष्ट्रियसभाको अर्को बैठक यही साउन १८ गते बिहीबार दिउसो १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ ।