गगन थापाले तिरे १५ हजार जरिवाना

समाचार शेयर गर्नुहोस्

काठमाडाैं, ११ साउन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन्।

२०७९ मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उठेर खर्च विवरण सार्वजनिक नगर्ने २४ सय ३५ उम्मेदवारमध्ये गगन पनि एक थिए।

काठमाण्डु क्षेत्र नम्बर ४ मा नेकपा एमालेका डा. राजन भट्टराईलाई हराउँदै प्रतिनिधिसभामा पुगेका थापाले आयोगले तोकेअनुसारको जरिवाना बिहीबार बुझाएको जनाएका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको