राष्ट्रपतिद्वारा मिटरब्याजीसम्बन्धी विधेयक प्रमाणीकरण

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१२ साउन

मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको छ ।

संघीय संसद्‌का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित भएर पेस भएको विधेयक राष्ट्रपति पौडेलले शुक्रबार प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको