पहिराेले सिद्धार्थ राजमार्ग अवरूद्ध

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१४ साउन

निरन्तर वर्षाका कारण बुटवल–पाल्पा सडक खण्डअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै पहिरो झरेको छ । पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

सो राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ–३ सिद्धबाबा नजिकै आज बिहान ५ बजे पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।

पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी भइरहेको छ । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन्।

अझै यातायात सुचारु गर्न समय लाग्ने बताइएको छ । सो राजमार्गमा बिहान ५ बजेतिर पहिरो खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको