काठमाडाैं,१४ साउन
राजस्व अनुसन्धान विभाग टाेलीले काठमाडौंको ठमेलको होटल भियनाबाट दावा छिरिङलाई गरेको छ।
आइतबार बिहान उक्त होटलबाट छिरिङलाई पक्राउ गरेको स्रोतले जानकारी दिए। उक्त होटल उनकी श्रीमतीको नाममा छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनकाण्डमा उनको पनि संलग्नता देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो। उनी नेपाली मूलका बेल्जियम नागरिक हुन्।
योसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ।
विभागले यससम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।