काठमाडाैं,१४ साउन
महिलाले घाँटीमा लगाएको सुनको सिक्री थुत्ने गिरोहलाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ का २६ वर्षीय विशाल राय, जगरनाथपुर नगरपालिका–६ का २९ वर्षीय उमेश राय यादव र १० वर्षीय बालक रहेका छन्।
सुलकपुरस्थित बजारमा साँझ ७ बजेतिर शब्जी किन्दै गरेकी सुन्दरहरैँचा–९ की निर्मला राईको घाँटीबाट विशालले सिक्री थुतेको प्रहरीले जनाएको छ ।
महिलाले घाँटीमा लगाएको सिक्री थुतेर भाग्न खोज्दै गर्दा उनलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीका अनुसार थुत्नसाथ सिक्री विशालले १० वर्षीय बालकलाई थमाइदिएको पत्ता लागेको छ ।
प्रहरीले सिक्री बालककाे साथबाट बरामद गरेकाे हाे। कसैले शंका नगर्ने भएकाले बालकलाइ सिक्री थमाउने गरेकाे प्रहरीले जनाएकाे छ।