काठमाडाैं,१४ साउन
गोरु काटेको अभियोगमा मोरङबाट ३ जना पक्राउ परेका छन् ।
मोरङको लेटाङ नगरपालिका ६ सुकेचौरी बस्ने ६१ वर्षीय रामकुमार तमाङसहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेकाे हाे।
उनीहरूको साथबाट प्रहरीले करिब ३५ केजी गोरुको मासु, खुकुरी २ थान, तराजु १ थानसमेत बरामद गरेको छ ।