काठमाडाैं,१५ साउन
मकवानपुरको मनहरीमा आइतबार राति ट्रकसँग मोटरसाइकल ठोक्किएर भएको दुघर्टनामा गम्भीर घाइते भएका दुईजनाको मृत्यु भएको छ।
मनहरी गाउँपालिका– ९ का २२ वर्षका मोटसाइकलचालक शम्भु गिरी र मोटरसाइकलको पछाडि सवार २१ वर्षका सुशील गिरीकाे मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएको छ।
चितवनबाट हेटाैँडातर्फ आउँदै गरेकाे ना.५७प २३१ नम्बरकाे माेटरसाइकल पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ९ स्थित ज्यामिरे सडकखण्डमा बिग्रिएर रोकिराखेको ना.५ख ७४७२ नम्बरको ट्रकमा ठाेक्किँदा गिरीद्वय गम्भिर घाइते भएकाे थिए।
गम्भीर घाइते दुवैजनाको उपचारकाे लागी चितवनस्थित पुरानाे मेडिकल कलेज भरतपुर पठाइएकाे थियाे । उनीहरूकाे उपचारकाे क्रममा आइतबार राति नै मृत्यु भएकाे प्रहरीले जनाउकाे छ ।