महानगरले दियाे राप्रपालाई २१ दिनकाे समय , तत्काल केन्द्रिय कार्यालय नभत्काउने

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१६ साउन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भत्काउने काठमाडौँ महानगरपालिकाको निर्णय तत्कालका लागि कार्यान्वयन नहुने भएको छ।

राप्रपा शीर्ष नेतृत्व,महानगर कर्मचारी र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग भएको छलफल पछि मेयर बालेन साह २१ दिनको समय दिन तयार भएपछि मूख्यालयमा तत्काल डोजर नचल्ने भएको हो।

बिजुलीको हाइटेन्सन तार मुनी बनाइएको उक्त भवनको नक्सा पाससमेत नभएको भन्दै महानगरले सोमबारसम्मको समय दिँदै नभत्काए आफैं डोजर चलाउने चेतावनी दिएको थियो।

महानगरले सोमबार नै डोजरसहित कर्मचारीलाई धुम्बाराहीमा रहेको राप्रपा कार्यालय पठाए पनि नेता कार्यकर्ताले बाटोमा गाडी तेर्स्याएपछि भत्काउन पाएको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको