सरकारले चालु आर्थिक वर्ष २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१६ साउन

सरकारले चालू आर्थिक वर्ष (२०८०/८१) २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋणको उठाउने लक्ष्य बजेटमार्फत लिएको छ। सोही लक्ष्य अनुसार ऋण उठाउने तालिका नेपाल राष्ट्र बैंकले आज (मंगलबार) सार्वजनिक गरेको छ ।

तालिका अनुसार पहिलो त्रैमास (साउन, भदौ, असोज) मा नै ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने केन्द्रीय बैंकले जनाएको छ।

यस्तै, दोस्रो त्रैमास (कात्तिक, मंसिर, पुस)मा पनि ५५ अर्ब रुपैयाँ उठाइने बताएको केन्द्रीय बैंकले तेस्रो (माघ,फागुन,चैत)मा ५३ अर्ब रुपैयाँ र अन्तिम त्रैमास (वैशाख, जेठ र असार)मा ७७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको