काठमाडाैं,१६ साउन
प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध कायम राखेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
सभामुख देवराज घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार अर्को बैठक साउन २२ गते सोमबार दिउँसाे १ बजे बस्ने गरी बोलाइएको छ।
एमालेले लगातार १ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरिय छानबिन समितिको माग गर्दै आएको छ।