काठमाडाैं,१७ साउन
कलाकार दिपक राज गिरीले राजनीतिले मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत एउटा समूहले अर्को समूहलाई भेडा, भेडा भनेको सुन्दा राजनीतिले बिस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको बताएका हुन् ।
‘उसले उसलाई, त्यसले त्यसलाई । एउटा समूहले अर्को समूहलाई भेडा-भेडा भनेको सुन्दा राजनीतिले बिस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लाग्छ’ दिपकले पाेष्ट गरेका छन्।