चितवन,१८ साउन
चितवन नारायणी पुलबाट नदीमा हाम फालेर महिलाकाे उद्धार पश्चात उपचारकाे क्रममा ज्यान गएकाे छ।
आज बिहान करिब ७ः४० बजेको समयमा नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
अन्दाजी ४५ वर्षकी महिलाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा बिहान साढे ८ बजे ज्यान गएको चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
महिलाको नाम थर र ठेगाना खुल्न सकेको छैन ।