काठमाडा,१८ साउन
मकवानपुरमा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ।
जिल्लाको बकैया गाउँपालिका– ७ अँधेरीमा सर्पले टोकेर बुधबार १२ वर्षीया करिश्मा लोको को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार बुधबार आफ्नै घरमा सर्पले डसेको करिश्माको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो।