काठमाडौं, १९ साउन
नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले घरेलु क्रिकेट पनि नखेल्ने बताए ।
पारस खड्काले नेपाली राष्ट्रिय टिमको नेतृत्व त्यागेपछि ज्ञानेन्द्र कप्तान बनेका थिए। पारसले दुई वर्षअघि आजकै दिन (साउन १९ गते) राष्ट्रिय टीमबाट सन्यास घोषणा गरेका थिए ।