काठमाडौँ,२१ साउन
काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु भएको छ।
अविरल वर्षाका कारण शनिबार राति ९ बजेतिर पहिरोले घर पुरिँदा वडा नं ३ कृष्णमन्दिर छेउका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आश्मा तामाङको मृत्यु भएको हो।
गणेशकी श्रीमती सञ्जु तामाङ भने घाइते भएकी छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।