पहिरोका कारण काठमाडौं-हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध

समाचार शेयर गर्नुहोस्

काठमाडौं, २१ साउन

गएराति देखि परेको वर्षाका कारण पहिरो खस्दा काठमाडौं-हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ।

आज (आइताबार) बिहान ९:३० बजे मकवानपुरको भीमफेदी गाउँपालिका-९ लामिडाँडामा ठूलो ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको