काठमाडौँ,२१ साउन
आँखा पाक्ने रोग फैलिएर प्रकोप हुन थालेपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालयहरू पाँच दिनका लागि बन्द गरिएको छ।कतिपय विद्यालयहरुमा आँखा पाक्ने रोगको प्रकोप देखिएको र सङ्क्रमण बढ्दै गएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
जनप्रतिनिधि तथा शिक्षाका पेशागत सङ्घसंस्थाहरुसँगको आजको बैठकले भोलि २२ गतेदेखि २६ गतेसम्म पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको कमलामाई नगरपालिकाले जनाएको छ ।
सिन्धुलीसहित देशका धेरै ठाउँमा अहिले आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ। नगरपालिकाले सरसफाइ, आँखामा चस्मा र भिडभाडमा नजानका लागि अनुरोध गरेको छ ।