बुटवलबाट पाल्पातर्फ आउँदै गरेको जिपमाथी ढुंगा खस्दा तिन जना घाइते

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२२ साउन

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन्।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथी सोमबार बिहान करिब साढे ६ बजेतिर ढुंगासहित पहिरो खस्दा तीनजना घाइते भएका हुन ।

घाइते हुनेहरूमा  पूर्वी नवलपरासी नवलपुर त्रिवेणी गाउँपालिका -७ का ३२ वर्षीय  जीप चालक  विवेक कार्की, रुपन्देही सुद्धोधन गाउँपालिकाका २४ वर्षीय जीप सहचालक विवेक कार्की र तानसेन नगरपालिका -१४ का ४० वर्षीय दिलिप न्यौपाने रहेको प्रहरीले जनाएको छ।

उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। ढुङ्गासहितको पहिरोले जीपको अगाडि भागमा पूर्णरुपले क्षति पुगेको छ। सडकमा खसेको ढुंगा पन्छाएर सडक यातायात सुचारु गरिएको पाल्पा प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *