काठमाडौं,२२ साउन
लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ ।
तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको हो ।
मृतक महिलामा साताअघि नै डेंगु संक्रमण पुष्टी भए पनि घरमै आराम गर्दै आएकी थिइन् । ब्यथाले च्यापेपछि आइतबार मिसन अस्पतालमा उपचार गर्न आएकी हुन् । पाल्पामा डेंगीबाट ७० जना संक्रमित भइसकेका छन् ।