काठमाडौं, २३ साउन
कालिखोलामा पहिरो खसेर सडक अवरुद्ध भएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी सवारीसाधन सञ्चालन गराइएको छ ।आज बिहानैदेखि पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान सवा ५ बजेदेखि सडक पूर्णरुपमा अवरुद्ध थियो ।
केही समयपछि पुनः बाँकी पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइने कार्यालयल जनाएको छ।