अविरल वर्षाका कारण एमालेको केन्द्रीय कार्यालयमा बाढी पस्यो

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२३ साउन

सोमबार रातिदेखि अविरल वर्षाका कारण मनहरा नदीमा आएको बाढीले एमालेको केन्द्रीय कार्यालयमा क्षति पुर्‍याएको छ ।

ललितपुरको च्यासलस्थित नदीको बहाव कार्यालय हाताभित्र प्रवेश हुँदा क्षति पुगेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

नदीको बहाव पुलमुनि थुनिँदा पानी माथितिर फर्किएको उनको बुझाइ छ । उनकाअनुसार कार्यालयमा रहेको  गार्डेन जलमग्न भएको छ।भौतिक संरचनामा कुनै क्षति नपुगेको उनले जानकारी दिए।

भारी वर्षापछि आएको बाढीले उपत्यका नदीहरू बागमती, विष्णुमती, रूद्रमती, मनोहरा लगायत नदी किनाराका बस्तीहरू प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको