काठमाडौँ,२४ साउन
जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका २८ वर्षीय आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका १९ वर्षीय बिनोद तोलांगीको बुधबार बिहान रहस्यमय मृत्यु भएको हो ।
मंगलबार राति १ बजेतिर कारागारको शौचालयबाट भाग्ने क्रममा रहेका उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डीएसपी विरेन्द्र गोदारले जानकारी दिए ।
केहीबेरमा कैदीबन्दीबीच कुटाकुट हुँदा अचेत अवस्थामा फेला परेपछि उपचारका लागी अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा उनीहरूको बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको छ ।