काठमाडौं, २५ साउन
रुस र युक्रेनबीच एक वर्षभन्दा बढी समयदेखि जारी युद्ध अन्त्य हुने सम्भावना देखिँदैन । सबै देशले शान्तिका लागि पहल गरिरहेका छन्।
मस्कोमा हालै भएको ड्रोन आक्रमणपछि रुस थप आक्रामक बनेको छ। रुसले पछिल्लो समय युक्रेनमा तीव्र आक्रमण गरेको छ । यसै क्रममा रुसले फेरि युक्रेनमा मिसाइल हमला गरेको छ ।
रुसले गरेको मिसाइल आक्रमणमा तीन जनाको मृत्यु भएको र ७ जना घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका हुन्।