सर्लाहीको पुलमुनि एक युवकको टाउको मात्रै फेला

समाचार शेयर गर्नुहोस्

काठमाडौं, २५ साउन ।

सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी पुलमुनि एकजना युवकको टाउको मात्रै फेला परेको छ ।

बिहीबार बिहान स्थानीयले खोलाको बगरमा छिनाएको टाउको मात्रै देखेपछि प्रहरीमा खबर गरेका थिए।

हाल प्रहरीले टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पँजियार थारूले जानकारी दिए।

उनका अनुसार घटनास्थलको अवस्था हेर्दा युवकको भर्खरै हत्या भएको जस्तो देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको