काठमाडौं,२५ साउन
पोखरामा सुनसहित एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका -१ घर भई काठमाडौंको जोरपाटीमा बसोबास गर्ने ४५ वर्षीया कल्पना गुरुङ्ग रहेकी छन्।
बिहीबार बिहान काठमाडौंबाट पोखरा आएकी गुरुङलाई साढे ७ बजे पोखरा बसपार्कबाट २४ तोला सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।