डोजरसहित महानगर कपन पुगेपछि स्थानीयबासिन्दाहरूले गरे विरोध

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२५ साउन

कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउने भन्दै काठमाडौं महानगरपालिकाको डोजर पुगेपछि विरोध उत्पन्न भएको छ ।

काठमाडौं महानगरपालिका १० र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सिमानामा रहेको साततले चोक नजिकैको खोलामाथी बनाइएको संरचना भत्काउन डोजरसहित महानगर पुगेपछि वर्षाको समयमा डोजर आतंक गरेको भन्दै स्थानीयबासिन्दाहरूले विरोध गरेका छन्।

यस्तै उनिहरुले महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् । जसका कारण डोजर चलाउन सकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *