नक्कली शैक्षिक प्रकरण – थप दुई जना पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२६ साउन

नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर डाक्टर बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाण्डाैमा रहेकाे इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो।आज बिहान चौधरीलाई मोरङबाट र शिल्पकारलाई गएराति काठमाण्डाैबाट पक्राउ गरिएको हो।

सीआईबीले बिहीवार कांग्रेसका सांसद सुनीलकुमार शर्मासहित पाँचजनालाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको