काठमाडौं,२८ साउन
नेपाल विद्यार्थी संघ (नेविसंघ)को काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी अंशुल केसीले पाएका छन् ।
केसीलाई केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले काठमाडौं अध्यक्षमा नियुक्त गरेका हुन् । काठमाडौं नेविसंघ अध्यक्षमा यसअघि मनिष डंगोल थिए ।
नेविसंघको विधान २०२७ को छैटौँ संशोधन २०७५ अनुसार उनलाई अध्यक्षको जिम्मेवारी दिइएको नेविसंघले जनाएको छ ।
अध्यक्षको जिम्मेवारी पाउने केसी विद्यार्थीमाझ लोकप्रिय रहेका छन् ।