चटपटे,पानीपुरी र खुल्ला दूध बेचबिखनमा रोक लगाउने काठमाडौं महानगरको तयारी

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२८ साउन

काठमाडौं महानगरपालिकाले खुला रुपमा बिक्री हुने चटपटे,पानीपुरी लगायतका पसलहरु केही समयका लागि बन्द गराउने तयारी थालेको छ ।

हैजालगायतका रोगहरु छिट्टै सर्ने भएकोले महानगरपालिकाले वर्षायाममा पानीपुरी र चटपटेलाई बेच्न रोक लगाउन लागेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए।

यस्तै, खुला दुध प्लास्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्डविपरीत भएकाले यसलाई तत्काल रोक लगाउने महानगरले तयारी गरेको छ।

मासु पसल, दुध डेरी, तरकारी तथा फलफूल पसल अनुगमन गरी सचेत गराउने र सुधारको मौका दिने र सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारबाही गर्ने महानगरको तयारी छ । साथै कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको