काठमाण्डौ,३० साउन
गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका -४ का २१ वर्षीय शैलेससिंह ठकुरी रहेका छन्।
साथिहरुसँग सोमबार बेलुका देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो । उक्त टोकाइबाट सोमबार घाइते भएका उनलाइ मङ्गलबार मात्र गुल्मी अस्पताल पुर्याएका थिए।
उनको उपचारका क्रममा आज बिहान सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए ।