काठमाण्डौ,३० साउन
बैतडीमा सुन चोरेको आरोपमा एक दम्पती पक्राउ परेका छन्।
पक्राउ पर्नमा डिलाशैनी गाउँपालिका–५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी नाथ रहेकी छन्।
प्रहरीका अनुसार सोही ठाउँका जयानन्द नाथको घरबाट ५ तोला सुनचोरी गरेको आरोपमा दुबैलाई पक्राउ गरिएको हो।
गत साउनमा नै सुन हराएको र गोपाल र उनकी श्रीमती लक्ष्मीको नाममा किटानी जाहेरी आएपछि दुबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुबैमाथि चोरीसम्बन्धी मुद्धा दर्ता गरी ७ दिनको म्याद थप गरिएको छ।