काठमाडौं,३० साउन
मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएसँगै ताैल सार्वजनिक गरिँदै छ।
आज (मंगलबार) बिहान साढे १० बजेबाट नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो ।
गालिएको सुनको तौल सार्वजनिक गर्ने तयारी भइरहेको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । ।